पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । पोखराका लागि कप्तान शरद भेषवाकरले १४ रन बनाए। रोहितकुमार पौडेलले सबैभन्दा बढी ३१ रन जोडे। त्यस्तै रासिद खानले नटआउट १५ रन जोडे…