नेपाली क्रिकेटले नयाँ ईतिहास रचेको छ । १७ वर्षे ‘लेगस्पिनर’ सन्दिप लामिछाने संसारकै सबैभन्दा ब्यसायिक क्रिकेट लिग आइपिएलमा छनौट भएपछि नयाँ इतिहास लेखिएको हो । आइपिएल अर्थात ईण्डियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी बनेका छन् ।आईपिएल अक्सनको २ सय ७६ औँ नम्बरमा रहेका सन्दिप २० लाख भारु अर्थात ३२ लाख नेपाली रुपियँमा अनुबन्धित…