काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले जितका लागि १९६ रनको सामान्य लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोली अमेरिका नेपाली बलरहरूको कसिलो र धारिलो बलिङसामु टिकेर खेल्न नसक्दा ४३.३ ओभरमा मात्र १९५ रन जोड्दै अलआउट भएकाे हाे । अमेरिकाका लागि ओपनर स्मित…