काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले इरानी फुटबल अधिकारीहरूसँगको पछिल्लो भेटघाट सकारात्मक र रचनात्मक रहेको जनाएको छ। फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले इरानी फुटबल फेडेरेसनका अध्यक्ष मेहदी ताजसँगको भेटपछि आगामी विश्वकपमा इरानको सहभागिता सुनिश्चित हुनेमा विश्वास व्यक्त गरेका छन् । इस्तानबुलमा आयोजित उक्त बैठकपछि रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै महासचिव ग्राफस्ट्रोमले भने, "हामीले इरानी फुटबल…