काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानले प्रस्तुत गरेको ३०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ धराशायी बनेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ताजा अवस्थामा नेपालले २०.४ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर मात्र ७६ रन जोड्न सकेको छ। नेपालका माथिल्लो क्रमका ब्याटरहरू ओमानको कसिलो बलिङ सामु निरीह देखिएका छन्। ओपनर…