उदयपुर (गाईघाट) । चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई रू ५५ हजार र कप प्रदान गरिनेछ…