स्पेनिस ला-लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ। मंगलबार राति ८ खेलाडीमा सिमित भएको गेटाफेमाथि २-० को जित निकालेको हो। गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै ४० औँ मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो। पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो। उसका सर्जियो क्यामेलोले गोल गरेका थिए। पहिलो…