भारतविरुद्ध नेपालकाे १०० रन पूरा, चाैथाे विकेट पतन

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १०० रनको आँकडा पूरा गरेको हो । हाल क्रिजमा ओपनर आसिफ शेख र गुल्सान झा रहेका छन् ।  नेपालको चौथो विकेटमा कुशल मल्ललाई २ रनमै गुमाएको हो । …

Logo