फ्रान्सले फिफा महिला विश्वकप फुटबलमा ब्राजिलमाथि जित हात पारेको छ । शनिबार अष्ट्रेलियाको सनकर्प स्टेडियममा भएको दोस्रो खेलमा फ्रान्सले ब्राजिलमाथि २-१को जित दर्ता गरेको हो । फ्रान्सको जितमा युजेनी ले सोमर र वेन्डी रेनार्डले एकएक गोल गरे भने ब्राजिलका लागि डेबोरा क्रिस्टियान डे ओलिभेराले एक गोल फर्काइन् । यो जितसँगै फ्रान्स समूह एफको शिर्षस्थानमा उक्लेको…