नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध रहेको मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा टोरोन्टो नेशनललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। ओन्टारियोमा भएको खेलमा नेशनल डीएल पद्धतिको आधारमा २३ रनले पराजित भएको हो। वर्षाको कारण खेल प्रभावित हुँदै ६-६ ओभरको मात्रै भएको थियो। दीपेन्द्रले प्लेइङ-११ मा स्थान बनाए पनि बलिङ र ब्याटिङ दुबै गर्ने अवसर पाएनन्।…