नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबलाई सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरको खेलमा ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको हो । नेपालका लागि विकेटकिपर अर्जुन साउदले अर्धशतकीय इनिङ खेले । उनले ११३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको…