कोलकत्ता नाईट राईडर्समाथि रोमान्चक जित दर्ता गर्दै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहदै प्लेअफमा स्थान पक्का गरेको छ । कोलकत्ताको घरेलु मैदान इडन ग्रार्डेनमा लखनउले १ रनको रोमान्चक जित दर्ता गरेको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन…