नेपाली सेनाले आयोजना गर्दै आएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ। बिहीबारबाट काठमाडौँमा सुरु भएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा बिभिन्न जिल्लाका टेनिस संघका खेलाडीहरुले सहभागिता जनाएको उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए। खेलकुदको प्रवर्द्धन र खेलाडी उत्पादन गर्ने हेतुले सेनाले सञ्चालन गर्दै आएको प्रतियोगितामा खुल्ला तर्फ तीन,भेट्रान तर्फ आठ…