कप्तान मोहम्मद वासिम र युवा ब्याटर वृत्य अरविन्दको शतकीय प्रदर्शनमा युएईले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा १० विकेट नै गुमाउँदै ४७१ रन बनाएको हो । जुन जारी प्रतियोगिताको सबैभन्दा ठूलो लक्ष्य हो । युएईका लागि युवा ब्याटर अरविन्दले शतकीय…