काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले मध्यम ब्याटिङ सुरुवात गरेको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पहिलो पावर प्लेमा एक विकेट गुमाएर ४२ रन जोडेको हो । पहिलो विकेटका लागि ओपनिङमा आएका…