काठमाडौं । पोखरा एभेन्जर्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सुखद् अन्त्य गरेको छ । प्लेअफको होडबाटै बाहिरिसकेको पोखराले आज आफ्नो अन्तिम खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित दर्ता गरेको हो । चितवनले दिएको १२१ रनको विजयी लक्ष्य पोखराले १९.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । अर्जुन कुमाल र एडम रोसिङटनको संयमित…