राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार तेस्रो जित निकालेको छ । सोमबार भएको पहिलो खेलमा पोखराले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा उपुल थरंगा र सुमित मर्हजनले अर्धशतक बनाए । मर्हजन…