काठमाडौं । काठमाडौं गोर्खाजले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौं प्लेअफमा पुगेको हो । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यता पोखराको प्लेअफ होड भने कमजोर बनेको छ । काठमाडौंले दिएको…