बिहीबार राति म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लेस्टरलाई १–० गोलले हराएपछि डेभिड डे हेयाले आफ्नो दिवंगत हजुरआमालाई श्रद्धाञ्जली स्वरुप जित उपहार दिएका छन् । हिजो राति भएको खेलमा जाडोन सान्चोले पहिलो हाफमा गरेको गोलमा युनाइटेडले किंग पावर स्टेडियममा जित हात पारेको थियो । यो जितसँगै प्रिमियर लिगमा एरिक टेन ह्यागको टोली पाँचौं स्थानमा आएको छ ।…