खोटाङका सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । मंगलबार जिल्ला खेलकुद विकास समिति खोटाङको दिक्तेल माटिकोरेस्थित कबर्डहलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सितोरियो कराँतेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले नवौं राष्ट्रिय प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतिस्पर्धामा प्रथम, दोस्रो र…