काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अब नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरेको छ । आइतबारदेखि यो सुविधा कार्यान्वयनमा आएपछि ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले एपमार्फत जरिवाना तिर्न सक्ने भएका हुन् । प्रहरी कार्यालयले आइतबारदेखि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) र ‘ई–चलान’ (डिजिटल चिट) आधिकारिक रूपमा प्रारम्भ गरेको हो । सवारी नियम…