काठमाडाैं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ । बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० वटा स्टल…