नेपाली क्रिकेट टोलीले मंगलबार बिहान ६ः४५ बजे फेरि एकपटक टेष्ट राष्ट्र भारतविरुद्ध मैदानमा उत्रने भएको छ। चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। भारतसँग एसियाकपमा प्रतिस्पर्धा गरेको ठिक २९ दिनपछि नै नेपाली क्रिकेट टोलीले दोस्रो पटक भारतविरुद्ध मैदानमा उत्रन लागेको हो।भारतीय टोलीसँग ५० ओभरको खेल खेलिसकेको नेपाली टोलीले…