एजेन्सी । हाँस्यकलाकारबाट युक्रेनका राष्ट्रपति बनेका भोलोदमिर जेलेन्स्कीले पद तथा गोपनियताको सपथ लिएका छन्। निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । पदभार ग्रहण समारोहमा बोल्दै जेलेन्स्कीले सबै युक्रेनी देशको राष्ट्रपति भएको प्रतिक्रिया दिए।उनले देशभरिका कार्यालयमा आफ्नो तस्बिर नझुण्ड्याउन निर्देशन दिए । ‘कार्यालयमा मेरो होइन तपाईंहरूको तस्बिर हेर्न चाहन्छु। राष्ट्रपति कुनै आइकन होइन,…