लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीले निकालेको -यालीमा भएको झडपमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।बुधबारको -यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको र अरू कैयौँ घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा निकालिएको -यालीमा सहभागीहरूले वर्तमान सरकारको विपक्षमा प्रदर्शन गरेकाले प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।विपक्षीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार रहेका मार्टिन फयुलासमेत सहभागी…