काठमाडौं । मुलुकको राष्ट्रिय प्रतीकको रूपमा रहेको धरहरा संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि निःशुल्क खुल्ला गरिएसँगै अहिले सुन्धारास्थित धरहरा क्षेत्रमा छुट्टै रौनकता छ । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माण भएपछि गत बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । दैनिक ६ सय जनालाई मात्रै चढ्ने व्यवस्था मिलाइएको धरहरामा पहिलो दिन भने त्यसले…