बझाङ । नेकपा एमालेका ऐन महर बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका प्रकाश रसाइली लाई २ हजार २२९ मतान्तरले पराजित गर्दै दोस्रो प्रयासमा संसद् यात्रा तय गरेका हुन्। निर्वाचन परिणाम अनुसार रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल ५७ हजार ९९४ मत खसेको थियो। अन्य उम्मेदवारमध्ये नेपाली…