पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाले निर्वाचन अभियानका क्रममा फलेवास क्षेत्रका मतदातामा देखिएको जागरण, सचेतता र विवेकपूर्ण सहभागिताले आफूलाई थप जिम्मेवार बनाएको बताएका छन्। फलेवास नगरपालिका १ कार्किनेटामा भएको चुनावी सभालाई सम्वोधन गर्दै सवैभन्दा कान्छा उम्मेदवार तिमिल्सिनाले जनताको विश्वास र आत्मीयताले उर्जा थपेको बताए। हातेमालो बाट परिवर्तन सम्भव रहेको भन्दै उनले पर्वतको समग्र विकासका…