समयले महिलाहरूलाई धेरै पाठ सिकाउँछ । समयले गरेको दिशानिर्देश बुझ्ने प्रयास भने सबैले गर्नु पर्दछ । श्रमिक महिलाहरूले मनाउने दिवस-८-मार्च बित्दै गर्दा मलाइ समयले सिकाएका केही कुराहरू अभिव्यक्त गर्न मन लाग्यो र लेख्दै छु । अक्षरहरू थपिँदै जाँदा कतै मैले बिताएको समय निर्मम जस्तो देखिएला, कतै समयसँगै आफ्नो अधिकारको माग गर्ने म आफू स्वार्थी पो…