काठमाडौं। हुन्डाई स्यान्ट्रोले नेपाल प्रवेश गरेको २५ वर्ष पूरा गरेको छ। सन् १९९९ मा हुन्डाई इन्डियाले सार्वजनिक गरेको यो मोडेल छिट्टै नेपाल आइपुगेको थियो, जहाँ त्यसबेला साना गाडीको बजारमा जापानी ब्रान्डहरूको बलियो प्रभाव थियो। स्यान्ट्रो नेपाल हुन्डाईको पहिलो निर्यात बजारसमेत बनेको थियो। दैनिक प्रयोगका लागि उपयुक्त डिजाइन, सहज ड्राइभिङ र मर्मतसम्भारमा सजिलो भएकाले यसले छोटो…