काठमाडौं। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद् भवन जाने भएका छन्। उनको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ। राष्ट्रपति पौडेलको सवारी आज नयाँ वानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ हुने जनाइएको छ। उनलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका…