‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखानजस्तै नेपाली क्रिकेट टिमले १२ वर्षपछि पहिलोपटक विश्वकपको खेलमा ऐतिहासिक जित हासिल गर्दै उदाउँदो नेपाल क्रिकेट मुलुक भएको पुर्नपुष्टि गरेको छ । नेपालले सन् २०१४ मा पुरुष ‘टि ट्वान्टी’ विश्वकपमा पहिलो पटकको सहभागिता जनाएको बेलानै हङकङ तथा अफगानिस्तानलाई पराजित गर्न सफल भएको थियो । सन् २०२४ को विश्वकपमा कुनै…