काठमाडौं । टोयोटाले आफ्नो पूर्ण विद्युतीय सी–एचआर प्लस ईभी विश्व बजारमा लन्च गरेको छ । पहिलो पटक २०२२ मा अवधारणाको रूपमा देखाइएको यो गाडी युरोपेली बजारहरूमा लन्च भएको हो । कम्पनीले सुजुकीसँग मिलेर सार्वजनिक गरेको अर्बन क्रुजरपछि सी–एचआर ईभी बजारमा ल्याएको छ । सी–एचआर प्लस ईभीमा ५७.७ र ७७ किलोवाट आवर ब्याट्री विकल्प दिइएको छ…