नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्रका विभिन्न चुनौतीलाई स्वीकार गरेर फेरि आएको बताएका छन्। बुधबार कार्यकारी निर्देशकको पदबहाली गरेलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘मन्त्रिपरिषद्ले चार वर्षका लागि फेरि नियुक्त गरेको छ, मसँग यसअघिको पनि अनुभव छ। विभिन्न चुनौतीलाई स्वीकार गरेर केही गर्नका लागि आएको हुँ,’ उनले भने। प्राधिकरणको…