चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ। फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो। फाउन्डेसनले जनाए अनुसार वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गरिने छ। यसका लागि केही दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्वन्धमा हस्ताक्षर हुने बताइएको छ। …