नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी मंगलबारदेखि पुनःसुसञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो । नाका सुचारु भएसँगै मंगलबार बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए…