काठमाडौं ।काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ । महानगरपालिकाले दशैं, तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिदै अनुगमनलाई तिब्रता दिएको हो ।महानगरपालिकाले बुधबार काठमाडौंको नक्साल, कालो पुल लगायतका ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा नक्सालस्थित बिगमार्टमा केही कमिकमजोरी पाइएकाले…