निर्माण सामग्रीहरुको अन्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी’ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ।शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले एक कार्यक्रमका बीच प्रर्दशनीको उद्घाटन गरेका हुन् । निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको प्रर्दशनीका संयोजक सृजल भट्टराईले जानकारी दिए । ३ दिनसम्म चल्ने प्रर्दशनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले…