ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियाेगिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत यो वर्षका लागि नेपालका तीन जना विजेताहरूको नाम चयन गरिएको हाे । प्रथम पुरस्कार रिजु अधिकारीले जितेकी छन् । उनले जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार) गरेकी छन् । त्यस्तै, उज्ज्वल भेटुवालले…