काठमाडौं ।राष्ट्रियसभाका सांसदले संविधानमा व्यवस्था गरिएको दलित समुदायको शिक्षा सम्बन्धी व्यवस्थालाई व्यवहारिकरुपमै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।कानूनी सहायता तथा अनुसन्धान केन्द्र र ग्रासहुड डेभलभमेन्ट फाउण्डेशनद्वारा आइतबार आयोजित ‘शिक्षामा दलित समुदायको पहुँच र संवैधानिक कानून कार्यान्वयनको अवस्था’ विषयक अन्तर्क्रियामा सांसदले दलित समुदायको निम्ति निःशुल्क शिक्षा भनिए पनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको गुनासो गरे।सांसद रामलखन…