काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको कार्यक्रममा शिक्षालाई पहुँचयोग्य, गुणस्तरीय र प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ। सरकारले संविधानको मर्म अनुरुप माध्यमिक तहसम्मको शिक्षालाई पूर्णतः निःशुल्क बनाउने घोषणा गरेको छ।…