काठमाडौं । सरकारले गत बिहीबार स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनले दृष्टिविहीन, न्यूनदृष्टि, श्रवणविहीन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई विशेष शिक्षा प्रदान गर्ने व्यवस्था गरेको हो। नियमावलीले यस्ता बालबालिकालाई पढाउन विशेष शिक्षकलाई दरबन्दीको समेत व्यवस्था गरेको छ। नियमावलीमा विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दीलाई विशेष शिक्षक…