काठमाडौं । सरकारले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले खुला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । जसअनुसार त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण…