काठमाडौँ ।साहित्यकार कौशिला रिसालको कविता सङ्ग्रह ‘समय र सपना’ सार्वजनिक भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, प्राध्यापक डा.हेमनाथ पौडेल (कविता विभाग प्रमुख) प्राध्यापक डा.देवी नेपाल (बाल साहित्य विभाग प्रमुख) प्राज्ञ परिषद् सदस्य लक्ष्मी माली, डा.यज्ञश्वर निरौला, लेखक नारायण शर्मा लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।कुलपति उपे्रतीको कार्यकक्षमा भएको…