काठमाडौँ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले यस वर्षका लागि विभिन्न पुरस्कार पाउने स्रष्टाको नाम छनोट गरेको छ । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारको निर्णय गरेको हो । अध्यक्ष पन्तका अनुसार रु २५ हजार राशिको ‘शङ्कर कोइराला आख्यान पुरस्कार’ आख्यानकार मधुवन पौडेललाई, रु ५१ हजार १११ राशिको ‘चुडामणि भाषा व्याकरण–कोश…