गत मंगलवार मण्डला थिएटर अनामनगरमा मीमांसा हेरेपश्चात अझैसम्म त्यसको दंश अनुभव गर्दैछु । सक्ड, स्तम्भित । आत्माको रहस्य उधिन्न, आत्माको मीमांसा गर्न मञ्चित नाटक धेरै हदसम्म उत्कृष्ट छ ।शंकर लामिछानेको कथा । प्रवीण खतिवडाको नाट्य रूपान्तरणसहितको निर्देशन । नाटकमा प्रमुख पात्र डा. सिग्देलको भूमिकामा रंगकर्मी सुनील पोखरेल, उनको सहायक डा. चौलागाईंको भूमिकामा राजकुमार पुडासैनी ।…