दुलही घर । म सिँगारिएकी थिएँ । घर पनि चिटिक्क सिँगारिएको थियो । वरिपरि साथीसँगी र छिमेकका मान्छेहरूले घेरेका थिए ।‘जन्ती आइपुगे…,’ बाहिरबाट आएको कसैको अवाज सुनें । घरकै मुनितिर, डिलको छेउमा केराको खम्बाको गेट बनाइएको थियो । छेउ–छेउमा तामाको गाग्रीमा फूल हाली कलश बनाएर सजाइएको रहेछ ।सबैजना त्यही गेटमा झुम्मिन गए । रातो कपडामा…