केही दिनदेखि मेरो झ्याल्टी ग्राहक आउन छाडेका छन् । म पन्ध्र दिनदेखि थलिएकी छु । झ्याल्टीको कुनाको साँघुरो खाटमा लम्पसार सुतिरहेकी छु । छोराछोरी मेरो मुखमा टुलुटुलु हेरिबसेका छन् । बाटो हिँड्नेहरू पनि आजकल मतिर फर्केरै हेर्दैनन् । मन नराम्ररी चिथोरिएको छ । बाउँडिएको छ । बेसहारा भएकी छु ।म पन्ध्र वर्षअगाडिको टेस्ट पास हुँ…