च्व..च्व..च्व..सबैजना जलिरहेको चितामा हेरिरहेका छन् । अघि भर्खर बोकेर ल्याएको लास जल्दै छ । जलेर पनि अब अन्तिम हुन लाग्यो । आगो उकास्दै बाँकी अंश आगोतिर धकेल्दैछन् मलामीहरू । सोचिरहेछु हिजोसम्म काममा जाँदै थिए दाई । म अफिसबाट हतार हतार फर्कदै गर्दा खुइ…ए सास फेर्दै उभिएका । अनुहार फुङ्ग उँडेको । गालामा आँशुका डोब बसेको…