म आलु । मेरो बसाई कालुको कान्लादेखि ठालुको चुलोसम्म । हामी विभिन्न रुप, रंग, स्वाद र नामले बजारमा सर्वत्र छाएका छौ । हाम्रो पहँुच सडकदेखि सदनसम्म छ । सडकको नाङलो पसलमा आलु चिप्स, लेजहरु हुन्छन् । चटपटे र पानीपुरीमा आलु नभई हुँदैन । किराना पसलदेखि सुपरमार्केटसम्म आलुका भेराइटीले सजिएका हुन्छन् । लोकल भट्टीदेखि बारहरुमा समेत…